शब्दभण्डार
१. शब्द र अर्थको जोडा मिलाउनुहोस् :
सुदूर - धेरै टाढाको
स्नेह - माया, प्रेम
सँगाल्नु - कुनै कुरा जोगाएर राख्नु
अद्वितीय - अतुलनीय
सहारा मरुभूमि - संसारको एउटा ठूलो मरुभूमि
दृष्टिपात - हेर्ने काम, आँखाले ठम्याउने काम
काँचुली - शरीरबाट अलग हुने, सर्पको पातलो छाला
अनन्त - कहिल्यै अन्त नहुने
गाड - खोलो
ढुङ्ग्यानी - ढुङ्गैढुङ्गा भएको
विकट - अप्ठेरो, कठिन
यथेष्ट - पर्याप्त, चाहिँदो, पुग्दो
भयावह - डरलाग्दो
२. शब्दकोशको सहायताले तलका शब्दको अर्थ लेख्नुहोस् :
अररो - जाडाले कक्रिएको, अरट्ठ परेको
अग्घोर - ज्यादै, निकै
उग्राउनु - गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु
चरन - गाईवस्तु चराउने बाँझो जमिन
विरहलाग्दो - दुःख लाग्दो
कुर्लनु - रिसले कराउनु
आकृति - कुनै वस्तु वा व्यक्तिको स्वरूप, आकार
सहृदय - कोमल हृदय भएको, दयालु
मरुद्यान - मरुभूमिको रसिलो जमिन
यत्रतत्र - जताततै, सबैतिर
३. तलका कुनै पाँचओटा टुक्काको प्रयोग गरी एक अनुच्छेदमा गाउँमा रहेका आफन्त वा साथीको घर
जाँदाको संस्मरण लेख्नुहोस् :
ह्याकुलाले छोप्नु, रातोपिरो हुनु, निथ्रुक्क भिज्नु, फिटफिटी पर्नु, मक्ख पर्नु, कानमा तेल हाल्नु, हुरुक्क हुनु, नाक ठाडो पार्नु, हातमुख जोर्नु, श्री गणेश गर्नु, फत्ते गर्नु, दुनो सोझ्याउनु, लखतरान हुनु
उत्तर :-
साथीको घर जाँदा
कक्षा ११ मा पढ्दा परियोजना कार्यका लागि म साथीको घर गएको थिएँ । बाटामा अकस्मात् मेघ गर्जंदै पानी परेर म निथ्रुक्क भिजें । साथीको घर निकै टाढा भएकाले लखतरान हुँदै साथीको घर पुगेँ । मलाई देखेर साथी मक्ख पर्यो । साथी आएको भन्दै उसले घरमा गर्वले नाक ठाडो पायो । खाजा खाएर साथी र मैले परियोजना कार्य फत्ते गयौँ ।
४. पाठमा प्रयोग भएका निम्नलिखित स्थानीय भाषिका तथा कथ्य बोलीको सही रूप लेख्नुहोस् :
बाटामी - बाटामा
गाड - खोला
पर्तिर - परतिर
पडन्छ - पर्छ
अलेलि - अलिअलि
जेमराज - यमराज
बोध र अभिव्यक्ति
१. नियात्रा पढी त्यसका मुख्य मुख्य घटना भन्नुहोस् ।
- सुदूरपूर्वको व्यक्ति सुदूरपश्चिमको यात्रामा निस्कनु
- लेखक राष्ट्रवादी मान्छे भएकाले राष्ट्रका हरेक भागलाई उत्तिकै माया गर्नु
- संसार र देशका अन्य भागले काँचुली फेरे पनि घनघस्याको उकालो जस्ताको तस्तै हुनु
- लेखकले घनघस्याको मानवीकरण गर्दै सेतीसँग तुलना गर्नु
- प्रकृतिसँग जुध्नु लेखकका लागि जीवनको रमाइलो हुनु - बेलायतको हिउँभन्दा लेखकलाई सतबाँझको हिउँ आफ्नो र आत्मीय लाग्नु
- अघोरी गाडमाथि तेर्स्याएको फलेकको साँघु तरेपछि घनघस्याको विकट उकालो आइपुग्नु
- लेखकको शरीर अलिक मोटो भएकाले उनलाई उकालो देख्ने बित्तिकै डर लाग्नु
- नेपालका विभिन्न सडकहरूलाई सराप्दै उकालो लागिरहनु
- चन्द्रमा जानेलाई पनि यति असजिलो भएन होला भन्दै पानी समेत खान नपाउनु
२. यस नियात्रामा तपाईंलाई सबैभन्दा रोचक लागेको घटना कुन हो, भन्नुहोस् ।
उत्तर :
यस नियात्रामा मलाई सबैभन्दा रोचक लागेको घटना घनघस्याको डरलाग्दो र विकट उकालो चढ्ने क्रममा नियात्राकारले सिंहदरबार लगायतका स्थानका सडकलाई सरापेको घटना हो ।
३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख भएका स्थानको सूची बनाउनुहोस् ।
उत्तर :
खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, टुकुचा, सतबाँझ, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रागिरि, अघोरी गाड, पुवा खोला
४. तलको नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ?
उत्तर : घनघस्याको उकालो काट्ताका नियात्राकार ताना शर्माले प्रस्तुत नियात्रांशमा सेती नदी र घनघस्याका बिचमा रहेका केही समानता र केही भिन्नतालाई रोचक ढङ्गबाट प्रस्तुत गरेका छन् । सेती नदी र घनघस्याको रिसमा समानता रहेको नियात्राकारले उल्लेख गरेका छन् । त्यस्तै सेती नदी भासिँदै गएको तर घनघस्या भने ठाडोको ठाडै रहेको कुरामार्फत यी दुईका बिचमा रहेको असमानतालाई प्रस्तुत गरिएको छ ।
(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?
उत्तर : प्रस्तुत नियात्रांशमा नियात्राकार ताना शर्माले घनघस्यालाई मानवीकरण गरेका छन् । सरल र आकर्षक शैलीका माध्यमबाट मानवीकरण गरिएको छ, स्वाभाविक मानवीकरण गरिएको छ । टाउकामा बरफको केश फुलाएको, अररो वृद्ध शरीर, गजधुम्म परेको, रिसाएको, टाउको झुकाउनुको सट्टा झन् झन् दृढ हुँदै गएको जस्ता कुराहरूमार्फत नियात्राकारले घनघस्याको मानवीकरण गरेका छन् ।
५. दिइएका नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) घनघस्याको उकालो चढ्दा अन्य विभिन्न ठाउँका सकडलाई सराप्नुपर्ने कारण के हो ?
उत्तर : नियात्रांशमा नियात्राकार ताना शर्माले जोगबनीदेखि धरानसम्मको बाटो, भादगाउँदेखि बाह्रबिसेसम्मको बाटो, सिंहदरबार अगाडिको बाटो र बुटवल भैरहवाको बाटोलाई सरापेका छन् । यी बाटाहरू कालो पत्रे भएका र यातायातको सुविधा भएका थिए तर घनघस्याको बाटो त्यस्तो थिएन । चुच्चे ढुङ्गाहरू तेर्सिएका अप्ठ्यारो गोरेटो बाटोमा हिँड्नुपर्दा अन्य विभिन्न ठाउँका सडकलाई सम्झेर सराप्नु परेको हो ।
(ख) निल आर्मस्ट्रङहरूलाई किन चन्द्रमामा पुग्न फिटफिटी परेन ?
उत्तर : नियात्राकार ताना शर्माको समूह पानीसमेत खान नपाएर घनघस्याको उकालो चढ्नु परेको थियो । उनीहरूलाई त्यहाँ निकै फिटफिटी परेको थियो । निल आर्मस्ट्रङहरूलाई चन्द्रमा? पुग्न फिटफिटी नपर्नुको कारण उनीहरू चन्द्रमा पुग्दा उनीहरूसँग प्रशस्तै वैज्ञानिक उपकरण र आवश्यक सामग्री थिए ।
७. यात्रामा सहभागीले कस्ता समस्याको सामना गर्नुपयो, छोटकरीमा लेख्नुहोस् ।
उत्तर : नियात्राकार ताना शर्मा र उनको टोलीले घनघस्याको उकालो काट्ने क्रममा विभिन्न समस्याको सामना गर्नुपन्यो । उक्त समयमा त्यस ठाउँमा कुनै सुविधाहरू थिएन । उनीहरूले हिँडेरै गन्तव्यसम्म पुग्नुपरेको थियो । आतस लाग्दो उकालो, तिखा ढुङ्गा भएका बाटाहरू अनि पानी खानसमेत नपाउने अवस्थाको सामना गर्दै उनीहरू अगाडि बढेका थिए । त्यस्तै ठाउँ ठाउँमा साथीहरूसमेत हराएका थिए ।
८. भाव विस्तार गर्नुहोस् :
(क) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
उत्तर : तारानाथ शर्मा (वि.सं. १९९१) को 'घनघस्याको उकालो काट्ता' नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा ताना शर्मालाई लिने गरिन्छ । उनका थुप्रै कृतिहरू प्रकाशन भएका छन् । यस नियात्रामा उनले नेपालको सुदुर क्षेत्रको यात्रा गर्दाका आरोह अवरोहहरूलाई निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् ।
नेपाललाई हिमालयको देश भनेर चिनिन्छ । यहाँको हिउँ खेल्न र हेर्न विदेशीहरूसमेत आउँछन् । तर नेपालकै अधिकांशले हिउँ हेर्ने र हिउँमा खेल्ने आनन्द लिन पाएका हुँदैनन् । नियात्राकार शर्माले पनि पहिलो पटक फिक्कलमा, त्यसपछि एक दुई पटक दार्जिलिङमा अलिअलि हिउँको अनुभव गरेका थिए । हिउँ राम्रोसँग देखेको र अनुभव गरेको शर्माले बेलायतमा मात्र हो । त्यसपछि नियात्राकार शर्माले सतबाँझको लेकमा हिउँको राम्रोसँग अनुभव गर्ने र हिउँसँग खेल्ने मौका पाए । त्यो उनको आफ्नो देशको हिउँ थियो । आफ्नोपनको हिउँ थियो । आफ्नो मुटु थियो । नेपालको हिमाली क्षेत्रको हार्दिकता बोकेको सुन्दर र चम्किलो थियो । माथिको नियात्रांशमा नियात्राकारले आफ्नोपनको महत्त्व प्रकट गरेका छन् । आफ्नोपनसँग आत्मियता प्रकट गरेका छन् । आफूमा भएको राष्ट्रप्रेमको भावनालाई हिउँझैँ सफा र चम्किलो रूपमा प्रकट गरेका छन् ।
(ख) प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।
उत्तर : तारानाथ शर्मा (वि.सं. १९९१) को 'घनघस्याको उकालो काट्ता' नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा ताना शर्मालाई लिने गरिन्छ । उनका थुप्रै कृतिहरू प्रकाशन भएका छन् । यस नियात्रामा उनले नेपालको सुदुर क्षेत्रको यात्रा गर्दाका आरोह अवरोहहरूलाई निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् ।
प्रकृतिसँग जुध्नु, खेल्नु र आनन्द लिनुलाई नियात्राकारले जीवनको रमाइलो बताएका छन् । उनले यही बुझाइलाई ह्याकुला अर्थात् छातीमा राखेर सुदूर र विकट क्षेत्रको यात्राका क्रममा निक्लेको यथार्थलाई उल्लेख गरेका छन् । नियात्राकार शर्माले उक्त स्थान कस्तो छ भन्ने थाहा नपाएर होइन अविकसित र अप्ठ्यारो छ भन्ने थाहा पाएर नै त्यहाँ यात्रामा निस्केका थिए । उनले घनघस्यालाई गजधुम्म परेर मान्छेसित रिसाएको र ठडिएको ठडियै देख्छन् । त्यो आतेस लाग्दो र कठिन उकालोसँग जुध्दै आफ्नो गन्तव्यमा पुग्ने अठोट गर्छन् । घनघस्या जस्तै दृढ बन्ने निश्चय गर्दै यात्रामा अघि बढ्छन् । यसरी यस नियात्रांशमा नियात्राकार शर्माले प्रकृतिको आरोह अवरोह झेल्दै त्यसलाई आनन्द मान्दै प्रकृति जस्तै दृढ हुनुपर्ने आशय व्यक्त गरेका छन् ।
व्याकरण